उद्देश्य

नेपाल पशुपंक्षी औषधि व्यवसायी संघको प्रमुख उद्देश्य भनेको गुणस्तर औषधिहरुलाई पशुपंक्षी तथा मत्स्य पालन व्यवसायीहरुलाई उपलव्ध गराउनु नै हो ।
दोस्रो सहज रुपमा देशका दुर दराजका स्थानहरुमा सेवा पु¥याउनु हो । विगतमा २(३ कम्पनीबाट मात्रै आयात भएको पशुपंक्षीका औषधिहरुको कंपनी आज झण्डै ३०० कंम्पनी भन्दा बढी नेपाल भित्रीएका छन् । जसको कारणले गुणस्तर, मुल्य, सबैलाइृ छानी छानी खरीद गर्न सक्ने र प्राविधीक तथा डाक्टरहरुले पनि छानी छानी गुणस्तर औषधिहरुको प्रयोग गर्न सक्ने अवस्था छ । अझ यसलाई गुणस्तर बनाउन स्वस्थ प्रतिस्पर्धा गराउन नैतिकवान र क्षमतावान बनाउन यस संघले प्रयत्न गरि रहेकै छ ।
सांगठनिक अवस्था
२०४७ साल २४ गते २०(२५ जना नेपाल भरीका व्यवसायीहरु मिलेर स्थापित गरेको संघ २०६७ साल अईपुग्दा प्रतिनिधी मुलक संस्था बन्न सफल भएको छ । आज देशभरिबाट ४०० भन्दा बढी प्रतिनिधीहरु आ(आफ्ना शाखाबाट छनौट भएर केन्द्रिय महाधिवेशनमा सहभागी हुनेछन् । आजसम्म करिव २५०० सदस्यहरु यस संघमा आवद्ध भईसकेकाछन् भने १४ वटा शाखाहरुले यो संघको आकार देशभरी ओगटी सकेको छ । औषधि व्यवस्था विभागमा दर्ता गरी व्यवसाय संचालन गरेका फर्महरु मात्रै यो व्यवसायको आधिकारीक सदस्य बन्न सक्छन् ।