२६औ बार्षिक साधारण सभा सम्वन्धि सूचना

नेपाल पशुपन्छी औषधि व्यवासयी संघ
२६औ बार्षिक साधारण सभा सम्वन्धि सूचना

यस संघको मिति २०७३ पौष १ गते बसेको केन्द्रिय कार्य समितिको बैठकबाट २६औ वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा गर्ने निर्णय भएको हुँदा सम्पूर्ण शाखाका प्रतिनिधि ज्यूहरुलाई उपस्थितिका लागी हार्दिक अनुरोध गरिन्छ । उक्त साधारण सभामा प्रस्तुत हुने प्रतावहरुका बारेमा सम्पूर्ण शाखा मार्फत जानकारी पठाई सकिएको छ, एदि समयमै पत्र प्राप्त नभएको भए यसै सुचनालाई आधार मानी साधारण सभामा उपस्थित भई दिनुहुन हार्दिक अनुरोध गर्दछौ ।

छलफलका विषयहरुः
१. आ.व. २०७२।०७३ प्रगती प्रतिवेदन प्रस्तुत तथा छलफल गर्ने ।
२. आ.व. २०७२।०७३ लेखा परिक्षण प्रतिवेदन प्रस्तुत तथा छलफल गरी अनुमोदन गर्ने ।
३. आ.व. २०७३।०७४ को लागी लेखा परिक्षकको नियूक्ति तथा निजको पारिश्रमिक तोक्ने ।
४. साधारण सभाको निर्णय पुस्तिकामा दस्तखत गर्न २ जना प्रतिनिधी नियूक्ति गर्ने ।
५ विविध ।

कार्यक्रमः
मितिः २०७३ पौष २४ गते, आईतवार
समयः विहान १०ः३० बजे,
स्थानः होटल सामना हेटौडा ४, बैङ्क रोड, मकवानपुर, हेटौंडा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *